नारी सीप श्रृजना केन्द्रको आयोजनामा मानव बेचविखन विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न

टुडे संवादाता
२२ श्रावण २०७८, शुक्रबार १७:२९

हेटौँडा/मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तरगत भएका क्रियाकलाप र मानवबेचविखन विरुद्ध बनेका ऐन कानुन र घटित घटनाका विषयमा अन्तरक्रिया भएको छ ।

शुक्रबार नारी सीप श्रृजना केन्द्रको आयोजनामा भएको छलफल कार्यक्रममा मानव बेचविखन एउटा जघन्य अपराध भएकाले अज्ञानता, हिंसा, शोषण, गरिबी र भेदभावलाई जरैबाट उखेलेर फ्याक्नु पर्ने कुरा छलफलमा उठेका थिए ।
कार्यक्रममा अधिवक्ता मुकुन्द प्रसाद अधिकारीले मानवबेचविखन सँग सम्बन्धी विभिन्न कालखण्डका सन्धी तथा ऐन कानुनका विषयमा सञ्चारकर्मीलाई जानकारी दिदैं नेपालमा घटेका र विदेशी मुलुकमा नेपालीहरु माथी भएका मानवबेचविखन तथा वैदेशिक रोजगारको नाममा बेचविखनका घटना प्रस्तुत गरेका थिए ।

अधिवक्ता अधिकारीले बेचिएकी महिलालाई कसरी पुनस्र्थापना गर्ने र समाजमा पहिलाको जस्तै घुलमिल गराउन सक्ने भूमिका मिडियाको पनि ठुलो हात रहने बताउदैं मानवबेचविखनमा परेका पिडितका अधिकार तथा उनीहरुको सुरक्षाको विषयमा सबै क्षेत्र संवेदनशील हुनुपर्ने बताए ।

परियोजनाले मकवानपुरको राक्सिराङ र बागमती गाउँपालिकामा ५र५ वटा वडाहरुमा विभिन्न काम गर्दै आइरहेको छ । परियोजनाले मानवबेचविखन हुन नदिनको लागि कार्यक्रम गरिरहेको नारी सीप श्रृजना केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवि पौडेलले बताए । विद्यालयमा विद्यार्थी, शिक्षकशिक्षिका, स्थानीय तहका जनप्रतिनिधि, युवा क्लब, उपभोक्ता समूह, टोल विकास संस्था, आमा समूह, किशोरी समूहहरुमा तालिम तथा मानवबेचविखन सम्बन्धित विभिन्न कार्यक्रम गरिरहेको पौडेलले बताए ।

उनीहरुलाई जिविकोपार्जन तथा आर्थिक विकास सुधारका लागि कुखुरा, बाख्रा पालन, तरकारी खेती, मौरी पालन तथा बाली भित्र्याउने तथा भण्डारण कसरी गर्ने जस्ता सिकाइमुलक तालिम प्रदान गरिएको जनाइएको छ । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की लगायत दर्जनौं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*