मकवानपुरमा निषेधाज्ञा पुन: एक साता थपियो

हेटौंडा टुडे
२३ श्रावण २०७८, शनिबार १३:५२

हेटौंडा/मकवानपुरमा निषेधाज्ञा पुन: एक साता थपिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

निषेधाज्ञा थप सँगै बजार खुल्ने समय पनि परिवर्तन गरिएको छ । विहान १० बजे सम्म खाद्यान्न सम्बन्धी व्यवसाय सञ्चालन हुने र अन्य व्यवसायभ भने १२ बजे देखी ४ बजे सम्म सञ्चालन गरिने निर्णय भएको प्रशासनले जनाएको छ । यस अघि ११ बजे देखी ६ बजे सम्म सञ्चालनमा रहेका थिए । अन्य निर्णय भने पुरानै यथावत रहेको प्रजिअ पाण्डेले बताए ।

त्यस्तै, २५ गते सोमबारबाट यातायातका सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिने प्रजिअ पाण्डेले बताए । उनले विहान ६ बजे देखी साँझ ७ बजे सम्म सञ्चालन हुने सबैखाले सवारी साधनमा जोर विजोर लागु हुने समेत बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*