हेटौँडा/मकवानपुरमा शनिबार ४५ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । शुक्रबारको तुलनामा शनिबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ । शुक्रबार ७० जनामा कोरोना संक्रमण देखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १ सय ९० जनाको कोरोना परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । शनिबारको तथ्याङ्क अनुसार ८४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा २९ जना र एन्टिजेन बिधिबाट १०६ जनाको कोरोना जाँच गर्दा १६ जना गरी ४५ जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै हेटौंडाका २८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै मकवानपुरमा शनिवार ७६ जनामा कोरोना मुक्त भएका छन । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७६ जना कारोना सङ्क्रमण मुक्त भएका हुन ।
कोरोना पुष्टि भई होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडामा ६७ जना,थाहानगरमा ३ जना भिमफेदी र राक्सिराङमा १/१ जना, र बकैया र मनहरीमा २।२ जना गरी जम्मा ७६ जना आज कोरोना मुक्त भएका हुन। आज कोरोना मुक्त हुने ७६ सँगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ५ सय ९८ जना पुगेका छन।






















