यस्तो रहनेछ आजको मौसम

हेटौँडा/ आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने साथै अहिले घाम लागेको ठाउँमा पनि दिउँसो बादल लागेर पानी पर्न सक्ने सम्भावना रहेको छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशको एकदुई ठाउँमा भने मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।