सडक डिभिजन हेटौंडाद्वारा ३२ किलोमिटर सडकमा कालोपत्रे,

हेटौडा टुडे
२४ श्रावण २०७८, आईतवार ११:३४

हेटौँडा/ संघीय सरकार अन्तरगतको सडक डिभिजन कार्यालय हेटौंडाले वितेको आर्थिक वर्ष २०७७–०७८ मा ३२ दशमलब ३६ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

सडक डिभिजनले बारा, पर्सा र मकवानपुर जिल्लामा गरेर राजमार्ग क्षेत्रका ३२ किलोमिटर सडक निर्माण गरेको हो ।

कार्यालयले ७ किलोमिटर सडकमा ट्रयाक निर्माण गरेको छ । १९ दशमलब १० किलोमिटर सडकमा ग्राभेल गरेको छ । तीन जिल्लामा कुल ३७ दशमलब ३५ किलोमिटर सडकमा मर्मत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*