
हेटौँडा/ वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने कार्यक्रमअन्तर्गत १५ करोड १५ लाख ४४ हजार रुपैयाँ वितरण गरेको छ । प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान रकम वितरण गरिएको हो ।
दुग्ध किसानलाई प्रतिलिटर दुधमा अनुदान दिने कार्यक्रम मकवानपुरगढी र मनहरी गाउँपालिकामा प्रभाबकारी वनेको छ ।
प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०७७–७८ मा १ सय ७९ वटा सहकारीमा आबद्ध भएका ४ हजार ५ सय किसानलाई अनुदान उपलब्ध गराइएको छ ।


सेयर गर्नुहोस्