मकवानपुरमा साउनको अन्तिमसम्ममा एस्ट्राजेनेको खोप लगाउने तयारी

हेटौंडा टुडे
२०७८ श्रावण २४, आईतवार १२:२४ गते

हेटौँडा/ मकवानपुरमा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेको खोप लगाइने भएको छ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई यो खोप लगाउन लागिएको हो ।

साउनको अन्तिमसम्ममा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा २१ हजार ८ सय ५५ जनाले कोभिशिल्ड खोप लगाएका थिए जसमा ८ हजार ३ सय ५५ जनाले दुबै डोज पाइसकेका छन् । हाल जिल्लामा कोभिशिल्ड को पहिलो डोज लगाएका १३ हजार ५ सय जनाले दोस्रो डोज लगाउन बाँकी रहेका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*