मक्रान्चुलीमा प्रजातान्त्रिक सामुदायिक पुस्तकालय स्थापना

हेटौंडा टुडे
२०७८ श्रावण २४, आईतवार १२:५३ गते

हेटौँडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका –३, मक्रान्चुलीमा शनिबार प्रजातान्त्रिक सामुदायिक पुस्तकालय स्थापना गरिएको छ ।

पुस्तकालय अभियान समूह मकवानपुरले शनिबार पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको १ सय ५१ थान पुस्तक हस्तान्तरण गर्नुका साथै पुस्तकालय उद्घाटन गरिएको हो ।

यसअघि अभियानले मकवानपुर जिल्लाका विभिन्न स्थानमा ५ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।

पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य रमेशप्रसाद लामिछाने, वरिष्ठ पत्रकार प्रताप विष्ट, अभियान समूहका सदस्य कैलाश धिताल पुस्तकालय अभियान समूहमा आवद्ध भई हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा–६ का भीमसेन पौडेल, केशव धिताल, पूर्णभद्र चौलागाई, राजु गुरुङ, देवराज गौतम, विजय पौडेल, र भरत सापकोटाहरुको सहभागिता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*