मकवानपुरमा कोरोना विरुद्ध खोप लगाउन ४२ हजार ९३ जनाले भरे अनलाईन फारम

हेटौंडा टुडे
२०७८ श्रावण २४, आईतवार १३:०८ गते

हेटौँडा/ मकवानपुरमा कोरोना विरुद्ध खोप लगाउन हालसम्म ४२ हजार ९३ जनाले भरे अनलाईन फारम भरेका छन ।

हालसम्म अनलाईन फारम भरेका मध्ये हेटौंडा उपमहानगरपालिका भित्रका १० हजार र थाहा नगरपालिका भित्रका ३ हजार ५ सय गरी १३ हजार ५ सय जनाले कोरोना विरुद्ध भेरोसेल खोप लगाईसकेका छन् ।

१२ बजेसम्म जिल्लाका १० वटै स्थानीय तहका ४२ हजार ९३ जनाले कोरोना विरुद्ध खोप लगाउन अनलाईन फारम भरेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

अन्य स्थानीय तहमा भने यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाईसकेपछि मात्र खोप लगाउने कार्यक्रम गर्ने तयारी गरेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*