हेटौँडा/ चितवन राष्ट्रिय निकुञ्जमा फेरी गैडाँ सीकारी बढेका छन । साउन यता मात्र ४ वटा गैडाँ मृत अवस्थामा फेला परेका थिए जसमा २ वटा गैँडा कालगतिले मरेका छन । भने चारमध्ये एउटा गैंडाको हाडखोर मात्रै थियो ।
साउन ११ गते सोमबार निकुञ्जको माडी क्षेत्रनजिक खोलामा एउटा मरेको गैंडाको कुहिएको शरीर भेटिएको थियो । गैंडाको पोस्टमार्टममा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान त्यही छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
गैंडाको खाग नभेटिएकाले मात्रै होइन, अन्य शारीरिक अवस्थाले पनि त्यस्तो आशंका बढेको बरालले बताए । ‘खाग काटेको जस्तो देखिन्छ । खप्परमा प्वाल पनि छ । त्यसैले मारेर खाग लगेको हो कि भन्ने आधार देखिएको छ,’ उनले भने । झन्डै अढाई महिनाअघि उक्त गैंडा मरेको हुन सक्ने उनले बताए ।
सेयर गर्नुहोस्