मकवानपुरमा चेरी गोलभेँडा उत्पादन सुरु, बजारमा माग उच्च

हेटौंडा टुडे
२४ श्रावण २०७८, आईतवार १३:५१

हेटौँडा/ उत्तरी मकवानपुरको थाहा नगरका युवाले फरक जातको गोलभेँडा उत्पादन सुरु गरेका छन ।

विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६, वज्रवाराहीका सशिन कर्माचार्यसहितका युवाको कृषि फार्ममा उत्पादित अधिकांश गोलभेँडा अहिले अनलाइनबाट काठमाडौँमा बिक्री हुने गरेको छ ।

 

हाल फार्ममा लाम्चो आकारका पहेँला, राता र सुन्तला रङका गोलभेँडा उत्पादन भइरहेका छन् । यो गोलभेँडा प्रतिकेजी १२० रुपियाँदेखि २७० रुपियाँसम्ममा बिक्री भइरहेको बताइएको छ ।

अनलाइनबाट माग गर्नेलाई धेरै परिणाममा बिक्री गर्दा केही कम मूल्यमा र खुद्रा बिक्री गर्दा केही बढी मूल्यमा बिक्री गर्दै आएको फार्मले गोलभेँडा खरिद गर्ने ग्राहकलाई तीनै रङको गोलभेँडा पठाउने गरिएको कर्मार्चायले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*