
हेटौँडा/मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ स्थित सिमखोला नजिक ना १ ज २११४ नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र ४ जना घाईते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रहरी प्रवक्ता दासका अनुसार सुमोमा ५ जना सवार रहेको र सुमो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसी दुर्घटना हुदाँ सुमोका चालकको मृत्यु भएकोे छ भने अन्य ४ जना घाईते भएका छन् ।
घाईतेहुनेहरुमा ४ जानै भारतको बिहार प्रान्तका १४ बर्षिय रोनक कुमार,१४ बर्षिय रोनक कुमार,१७ बर्षिय शंकर कुमार,२० बर्षिय बिशाल कुमार,१८ बर्षिय शिबशक्ति कुमार गम्भीर घाईते भएका छन् ।
मृतक चालकको हालसम्म सनाखतहुन सकेको छैन । घाईतहरुको उपचारको लागी हेटौँडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्