
हेटौँडा/ मकवानपुरमा झरना हेर्न आएका एक जनाको चिप्लीयर मुत्यु भएको छ ।
शनिबार मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नंबर १ ठाडोखोला स्थित रहेको मोहिनी झरना हेर्न आएका काठमाण्डौ नागर्जुन नगरपालिका वडा नंबर-३ बस्ने वर्ष २३ का सन्देश राईको झरना तल जमेको पानिमा डुब्दा ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताए ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सेयर गर्नुहोस्