बागमती प्रदेशको प्रदेश युवा परिषदले सप्ताहब्यापी कार्यक्रम आयोजना गर्ने

हेटौंडा टुडे
२४ श्रावण २०७८, आईतवार १८:०८

हेटौंडा/बागमती प्रदेशको प्रदेश युवा परिषद हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले परिषद् गठन भएपछि पहिलो पटक मनाउन लागिएको युवा दिवसमा कार्यालय उद्घाटन देखि रक्तदानसम्मको कार्यक्रम रहने जानकारी दिए ।
अगष्ट १२ अर्थात साउन २८ गतेबाट युवा दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइने र त्यसको लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताए ।

जसअन्र्तगत २८ गते प्रदेश बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गर्ने, साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान, साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम आयोजना गरिने कार्यकारी उपाध्यक्ष चौलागाईँले जानकारी दिए ।

साउन ३१ गते बालकल्याण समाज मकवानपुरको समन्वयमा ‘कोभिड–१९ संक्रमणमा बालबालिकालाई बालश्रबाट जोगाउ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसीजको समन्वयमा वक्तृत्वकला प्रतियोगिता र भदौ २ गते समापन गरिने परिषद्का उपाध्यक्ष चौँलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*