हेटौँडामा आजदेखि यातायातमा जोर–बिजोर प्रणाली लागू, प्रहरी चेकिङ्ग कडा

हेटौंडा टुडे
२०७८ श्रावण २५, सोमबार ११:२९ गते

हेटौँडा/ मकवानपुरमा कोरोना संक्रमणदर बढेसगैँ कोरोनाको उच्च जोखिम बढन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बाट थप हुने गरि निषेधाज्ञा लागू गरेको छ । भने निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको हो ।

 

 

जिल्लामा आजबाट थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गते सम्म रहेको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार हेटौंडा बजारको क्याम्पाडाँडा, संगमचोक, कान्तिराजपथ, सिमाचोक, चौकिटोल ओरालो, थानाभर्याङ, कर्रापुल क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्न प्रहरी चेकिङ टोलि खटाईएको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*