मकवानपुरका नागरिकलाई अब एस्ट्राजेनेका खोप लगाइने

हेटौंडा टुडे
२५ श्रावण २०७८, सोमबार ११:५३

हेटौँडा/ कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका मकवानपुरका करिब १७ हजार जना दोस्रो डोज खोपको पर्खाइमा छन् ।

तर, खोप अभाव हुँदा उनीहरुले दोस्रो डोज लगाउन नपाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले कोभिसिल्ड खोपको पहिलो डोज लगाएका नागरिकलाई जापानबाट भर्खरै नेपालमा आएको एस्ट्राजेनेका खोप दोस्रो डोजको रुपमा लगाउने पहल भइरहेको जनाएको छ ।

उक्त खोप मकवानपुरमा आइपुगेको भने छैन । खोप आउनासाथ मकवानपुरका सबै विभिन्न स्थानीय तहमा तहमा वितरण गरेर लगाउन सुरु गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*