हेटौँडा/ नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले मकवानपुरको विभिन्न स्थानमा आजदेखि चार दिनसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले एक सूचना जारी गर्दै ग्रामीन फिडर अन्तरगतको फिडर अन्तरगतको हटिया चिसापानी हुँदै बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँसम्म, रंगशाला फिडर अन्तरगत हेटौंडा उपमहानगरपालिका–६ देखि बकैया र बागमती गाउँपालिकाका सबै क्षेत्रमा आजबाट चार दिनसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया, बागमती गाउँपालिकाकामा विद्युत अवरुद्ध हुने भएको छ । यि स्थानहरुमा पोल÷तार सार्ने काम र अध्यावतिक गर्ने कार्यको लागि विद्युत अवरुद्ध हुने छ ।
उक्त स्थानहरुमा आज साउन २५ गतेदेखि साउन २८ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत प्रसारण अबरुद्ध हुनेछ ।






















