
हेटौँडा / हेटौंडाका चोक चोकमा बिभीन्न सामाजिक संघ संस्थाले आज देखि मास्क अभियान सुरु गरेको छ । आजैबाट मकवानपुर जिल्लामा निषेधाज्ञामा केही कडाइ गरिए तापनि कार्यान्वयन भने फितलो रहेको छ ।
मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना पनि गर्न थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आजबाट लागू हुनेगरी निषेधाज्ञालाई एक साताको लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका पसल खुल्ने समयलाई केही घटाइएको छ ।
प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजे सम्म मात्र खोल्न अनुमति दिइएको छ। अन्य व्यवसाय १२ बजे देखी ४ बजे सम्म मात्र सञ्चालनका अनुमति दिइएको छ।


सेयर गर्नुहोस्