भूमि आयोग खारेजीविरुद्ध हेटौंडामा विरोध प्रदर्शन

हेटौंडा टुडे
२५ श्रावण २०७८, सोमबार १२:२२

हेटौँडा/ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि बनेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध हेटौंडामा अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ ।

मकवानपुर जिल्लाका भुमिहिन र अव्यवस्थित ४० हजार परिवारलाई समस्या परेको छ । जिल्लाका पाँच वटा स्थानीय तहका ४० हजार ४ सय ६९ जनाले आयोगमा निवेदन दिएका थिए ।

सुकुम्वासीहरुलाई जग्गा दिनुको सट्टा लालपुर्जा वर्तमान सरकारले आयोगनै खारेज गरेको बिरोधमा प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले बताए ।

महासंघले एमाले पार्टि कार्यालयबाट बुद्धचोकसम्म विरोध र्याली निकालेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*