हेटौँडा/ मकवानपुर प्रहरीले भौतिक रुपमा विद्यालय संचालन गरेको भन्दै २ वटा निजि विद्यालयका संचालकहरुलाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा ७ स्थिततासिर ईङलिस सेकेन्डरी स्कुलका संचालक अमृत प्रसाद ढकाल र हेटौंडा स्थित ज्ञानोदय बालबाटिकाका संचालक श्याम कुमार बाँनियालाई आज बिहान नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
केहि दिन अघिबाट निषेधाज्ञालाई अवज्ञा गर्दै विद्यालय संचालन गरेको जानकारी आएको र अनुगमन गर्ने क्रममा विद्यालय संचालन गरिएको पाईएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको कार्यलयले जनाएको छ ।
सेयर गर्नुहोस्






















