हेटौँडा/ मकवानपुरमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ७७ वर्षीय वृद्ध पुरुष रहेका स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
वृद्धलाई ४ दिन अघि साउन २२ गते कोरोना पुष्टि भएको थियो । उनको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा कारोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ ।
सेयर गर्नुहोस्