
हेटौंडा/जिल्ला प्रहरी कार्यलय मकवानपुरले अवैध चाँदीको गरगहना,मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाईकल चालक चितवन माडी नगरपालिका वडा नम्बर ६ बस्ने २३ बर्षय सागर सुनार र मोटरसाईकलको पछाडी सवार रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर २२ बस्ने ३५ बर्षिय शम्भु घताने रहेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरीक्ष जयश्वर रिमालले जानकारी दिए ।
सोमबार ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ स्थित रातोमाटे सडकखण्डमा सवारी साधानहरु रोकी चेक जाँच गर्ने क्रममा प्रदेश २-०३-००४ प २५६ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई भन्सार छली चोरी पैठारी गरी ल्याएको चाँदीको तयारी बाला ८० थान , गणेश बाला १६ थान,बागमुखे बालाको टुक्रा ८ थान,पञ्चरत्न बाला ३७ थान गरी ५ सय ११ ग्राम ९सय५० मिलि ग्राम चाँदी फेला हो ।
उक्त चाँदीका गरगहना सहित सुनार र घताने द्वयलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।

