मैलुङ खोलाको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता

हेटौडा टुडे
२६ श्रावण २०७८, मंगलवार १०:५५

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो ।

आएपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता प्राप्त गरेका छन् भने ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथागरी आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म आईपीको बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

मैलुङ्ग खोलाले कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखि नै व्यवसायिक आम्दानी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*