थाहानगर/मकवानपुरको थाहानगरमा भेरोसेलको पहिलो डोज लगाएका ५५ वर्ष माथिका र शिक्षकहरुलाई आज साउन २६ र भोलि २७ गते दोस्रो डोजको खोप लगाइदै छ ।
असार ३१ गतेदेखि सञ्चालन गरिएको पहिलो डोजको खोप पाएका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन लागिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
पहिलो डोज लगाएको २१ दिन पूरा गरिसकेका नागरिक थाहानगरका कुनै पनि स्वास्थ्य संस्थाबाट यो अभियानमा सहभागी हुन सक्नेछन् । खोप लगाउन यस अघि दिइएको खोप कार्ड अनिवार्य लिएर जान आग्रह गरिएको छ ।
आज साउन २६ गते प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, नयाँबस्थि आधारभूत स्वास्थ्य केन्द्र क्रसरडाँडा, पालुङ स्वास्थ्य चौकी, दामन शहरी स्वास्थ्य केन्द्र, भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्र, बज्रबाराही स्वास्थ्य चौकी, देउखेल शहरी स्वास्थ्य केन्द्र, आग्रा, चित्लाङ, टिष्टुङ स्वास्थ्य चौकीहरु, टौखेल शहरी स्वास्थ्य केन्द्र र लिति आधारभूत स्वास्थ्य केन्द्रबाट खोप सुविधा दिइने जनाएको छ ।
विहान १० बजेदेखि ४ बजेसम्म दिइने खोप सेवा भोलि साउन २७ गते भने प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र बज्रबाराही स्वास्थ्य चौकीबाट मात्र उपलब्ध हुने जनाएको छ ।

















