मनहरी गाउँपालिकाको वडा कार्यालय भवन निर्माण सम्पन्न

हेटौडा टुडे
२६ श्रावण २०७८, मंगलवार ११:२०

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ र ५ को दुइ वटा वडा कार्यालय भवन निर्माणको काम सकिएको छ ।

ठेक्का मार्फत निर्माण भएको साढे दुइतलाको वडा कार्यालय भवन निर्माण सकिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । अरु चार वटा वडा कार्यालयका भवन भने निर्माण भइरहेका छन् ।

कार्यालय भवन नभएका वडा कार्यालयहरु ठेक्का मार्फत निर्माण भएको हो । प्रत्यक वडा कार्यालयहरुमा सात वटा कोठा, वडा सचिबका लागि आवास, हल सहित निर्माण गरिएको छ । अरु चार वटा वडा कार्यालयका भवन भने निर्माण भइरहेका छन् ।

मनहरीको वडा नम्बर १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*