
हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


सेयर गर्नुहोस्