मकवानपुरमा कोरोना विरुद्धको पुर्ण खोप ३८ हजार जनाले लगाए

हेटौडा टुडे
२६ श्रावण २०७८, मंगलवार ११:४७

हेटौँडा/ कोरोना भाइरस संक्रमण विरुद्वको पहिलो खोप लगाउने एक लाख ३ हजार पाँच सय २४ जना पुगेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको डरले खोप लगाएका छन् । त्यस भन्दा पहिले बृद्धबृद्धाहरुलाई लगाउनका लागि आएको खोप लगाउने अत्यन्त कम मात्रै थिए ।

जिल्लामा पूर्ण मात्र खोप लगाउनेहरु ३८ हजार २ सय २८ जना रहेका छन् । पहिले खोपको चरम अभाब भएपनि अहिले भने त्यसको समस्या छैन । जिल्लाका दश वटै स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या दिनहुँ बढ्दै गएको छ ।

मकवानपुर जिल्लामा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन नपाएका १७ हजार जानलाई एस्ट्राजेनेका खोप लगाउने तयारी भएको छ । तर, यो खोप हेटौंडामा आइसकेको छैन खोप आउने वित्तिकै मकवानपुरका दश वटै स्थानीय तहमा वितरण गरेर लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*