आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२६ श्रावण २०७८, मंगलवार १२:२६

हेटौँडा/साताको तेस्रो दिन मंगलबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा १ हजार रुपैयाले घटेर प्रतितोला ८९ हजार रुपैयामा कारोबार भएको थियो । भने सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेको हो ।

छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ५ रुपैयामा नै कारोबार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*