१५ किलो लागुऔषध गाँजा सहित कैलाशका बल प्रहरीको फन्दामा

हेटौंडा टुडे
२६ श्रावण २०७८, मंगलवार १३:२०

हेटौँडा/ मकवानपुर प्रहरीले १५ किलो ९ सय ग्राम लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बललाई नियन्त्रणमा लिएको हो ।

सोमबार साझँ प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले  मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ परेवाभिर स्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरीतर्फ पैदल आउदै गरेको जिल्ला मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने २९ बर्षिय दिल बहादुर बललाई शंका लागि चेकजाचँ गर्दा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको १५ किलो ९ सय ग्राम लागुऔषध गाँजासहित फेला परेको हो ।

बललाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*