
हेटौँडा/ मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १ सय १४ जनाको पिसिआर र १ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः २९ जना र १६ जना गरी थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९० जनाले कोरोना जितेका छन् । भने पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस्