लागूऔषध नाईट्रोभेटसहित ईन्द्रसरोवरका ठकुरी पक्राउ

हेटौँडा/ मकवानपुर प्रहरीले लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा–१० स्थित प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले भुटनदेवी मन्दिर मोडमा सुरक्षाजाँच गर्ने क्रममा ईन्द्रसरोवर गाउँपालिका–३, महादेवस्थानका ३० वर्षीय मनिष ठकुरीलाई पक्राउ गरेको हो ।
रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०२-०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीको साथबाट ५ हजार ४ सय ट्याब्लेट नाईट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।