मंगलबार हेटौंडामा निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कार्वाहीमा

हेटौंडा टुडे
२६ श्रावण २०७८, मंगलवार १७:५१

हेटौंडा/मकवानपुर प्रहरीले मंगलबार (आज) निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई कार्वाही गरेको छ ।
पसल खोल्ने १० जनालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइ ३ हजारको दरले जरिवाना लिईएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मकवानपुर प्रशासनको निर्णयलाई उल्लंघन गरी मास्क नलगाई हिड्ने १ सय २३ जनालाई १ सय का दरले जरिवाना लिईएको छ ।
विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट मंगलबार ८ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*