हेटौँडा/हेटौँडाको बुद्धचोकमा बुधबार बिहान दुई युवाबिच खुकुरी हानाहान भएको छ । खुकरी प्रहरबाट एक युवा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाईते युवकोे खुट्टामा चोट लागेको छ । प्रतक्षदर्शीको अनुसार दुई युवाहरू एक आपसमा विवाद गर्ने क्रममा एउटाले खुकुरी निकालेर प्रहार गरेको थियो । दुई युवाको आपसी बिबाद खुकुरी हानाहानमा परिणत भएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको छ । उनिहरुको पहिचान खुलेको छैन ।
सेयर गर्नुहोस्






















