नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार ११:०२

हेटौँडा/ सदाका लागि लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङलाई सरकारले पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*