पर्यटकीय स्थलको रुपमा विकसित हुदैँ गुम्बाडाँडा

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार १२:०४

हेटौँडा/ हेटौंडा—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा अहिले मकवानपुरको पर्यटकिय स्थलको रुपमा प्रसिद्व रहेको छ । गुम्बा डाँडा ५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गुम्बा डाँडा हेटौँडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । वनमा घाँस दाउरा, सोत्तर अनि गाईवस्तु चराउने स्थान बनिरहेको अवस्थामा २०४० सालमा हर्नामाडीका स्थानीय बासिन्दा र वन कार्यालयका प्रमुखको नेतृत्वमा उत्तम डाँडाको संरक्षण तथा सम्वद्र्धन कार्य भयो ।

२०५२ सालमा त्यहाँ रिह्रो गुम्बाको स्थापना भयो । त्यस पश्चात २०६३ सालमा सल्लाघारी—पर्या पर्यटकीय पार्क स्थापना भयो । गणतन्त्र आईसकेपछि, वडाबाट सर्वदलिय सबैको पहलमा सल्लाघारीमा प्रतिक्षलयको व्यवस्था देखि लिएर हरेक कार्यको विकास हुन लाग्यो ।

त्यहीँ नाममा २०६६ सालमा हर्क रम्तेलको नेतृत्वमा सल्लाघारी अघि बढ्यो र २०७३ साल हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा भन्ने नाम स्थापना गरियो । अहिले गुम्बा डाँडामा २०४० सालमा लगाईएको सल्ला र २०६३ सालमा लगाईएको बोटविरुवाहरु धेरैजसो देख्न सकिन्छ ।

चूरे फेदिबाट चिरीएको समथर बाटो, बाटो छेउका पातला बस्ती । तराई र पहाडका मिश्रण झल्कने घरहरू यहाँका विशेषता हुन् । यहाँको साइकल यात्राको अनुभव बेजोड छ, विर्सन सकिँदैन । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ । यहाँ विभिन्न देशका कलाकारहरूले ढुँगामा मूर्ति कुँदिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*