मकवानपुरमा आज थप २ संक्रमितको मृत्यु

हेटौडा टुडे
२७ श्रावण २०७८, बुधबार १३:२३

हेटौँडा/ पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना भाइरस संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा ७ का ७० वर्षीय वृद्ध र भीमफेदी १ का ६१ वर्षीय पुरुष रहेका छन् । उनिहरु दुबैजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

हेटौंडा ७ का वृद्धमा साउन १९ गते कोरोना पुष्टि भएको र साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएको उनको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि भीमफेदी १ का ६१ वर्षीय पुरुषमा साउन ९ गते कोरोना पु्ष्टि भएको र साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*