हेटौँडा/ कुलमान घिसिङले आज नियुक्ति पत्र बुझेका छन् । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त पुन नियुक्त गरेको हो ।
घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्ति पत्र बुझेका हुन् ।
घिसिङले लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेपछि आमरुपमा उनलाई प्राधिकरणमा निरन्तरता दिन दबाब दिइएको थियो । तर तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरको थियो ।
सरकारले हाल प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ ।
उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।






















