आज थप ५४ जनामा कोरोना पुष्टि ,७२ जना कोरोनामुक्त

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार १५:००

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार ११७ जनाको पिसिआर र २२ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९ जना र ५ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरका ३ जना,बागमती,मनहरी र भीमफेदीगाउँपालिकाका २ र २ जना रहेका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म १२ हजार ९ सय ७ जनाले कोरोना जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*