मनहरीस्थित आश्रमलाई खाद्यान्न सहयोग

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार १६:५८

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले गरेका विभिन्न गतिविधिहरुको बुधबार समिक्षा बैठक बसेको छ । बैठकले आवश्यक पर्दा पुनः सक्रिय हुनुपर्नेसम्मको छलफल गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षतामा गरिएको छलफलमा हालसम्म पल्पसा आइसोलेशन सेन्टर संचलानदेखि कोभिड हेल्प डेस्क मकवानपुरको गतिविधि बारे समिक्षा गरिएको थियो ।

बैठकमा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सरोज खनाल, बासु खतिवडा, शंकरलाल श्रेष्ठलगायतले आफ्नो भनाइ राखेका थिए । मनहरीको रजैयास्थित गुरु आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।

चामल, दाल, तेल, बिस्कुट, काजु, किसमिस र बदाम सहयोग गरिएको थियो । त्यसैगरी कोभिड १९ को कारण पदमपोखरी, वनस्पतिका एकै परिवारका दुईजना सदस्य मृत्यु भएकोले सो परिवारलाई चामल, दाल, तेल र चाउचाउ खाद्यान्न सहयोग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*