सेयर बजार नयाँ उचाइमा

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार १७:१९

हेटौँडा/ साताको चौथो दिन बुधबार सेयर बजार थप नयाँ उचाइमा पुगेको छ। नेप्सेले चुमेको यो हालसम्मकै सर्वाधिक उचाइ हो। आज ०.९४ अंकले बढेर नेप्से परिसूचक तीन हजार एक सय ६२.५९ को विन्दुमा उक्लिएको छ। मंगलबार पनि नेप्सेले हालसम्मकै सर्वाधिक तीन हजार एक सय ६१.५६ विन्दु चुमेको थियो। जुन रेकर्ड बुधबार तोडिएको छ।नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये पाँच वटामात्रै हरियाली छाएको छ भने आठ वटामा रातो पोतिएको छ।

आज जलविद्युत समूह सर्वाधिक ३.९२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.७८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०।३ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत र जीवन बीमा समूहमा ०.०६ प्रतिशतले वृद्धि भएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.३८ अंकले घटेर पाँच सय ८५.७१ को विन्दुमा झरेको छ।

कारोबार रकम पनि घटेर आज साढे १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये पाँच वटामात्रै हरियाली छाएको छ भने आठ वटामा रातो पोतिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*