हेटौंडा/हेटौंडाको मेनरोडमा रहेको सिलिकन नेपाल प्रा. लि. ले जिल्लामै पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन दिने भएको छ। सिलिकन नेपाल प्रा लि ले आज पत्रकार सम्मेलन गर्दै किस्ताबन्दीमा मोबाइल फोन दिने जानकारी गराएको हो ।
मकवानपुर जिल्ला पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन दिने व्यवस्था गरेको प्रा लि का अध्यक्ष छचेन्द्र आचार्यले बताए । आचार्यले २० हजार भन्दा माथी २ लाख सम्मको सामसुङ एमआई,वान प्लस र एप्पलको ब्रान्डको मोबाइल फोन किस्ताबन्दीमा किन्न सकिने जानकारी दिए ।
ग्राहकको माग अनुसार र ग्राहकलाई सहज होस भन्ने उद्देश्यले हिमालयन बैङ्कसँगको सहकार्यमा किस्ताबन्दी सहितको व्यवस्थामा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ८० प्रतिशत बैङ्कले लगानी गर्ने आचार्यले बताए ।
ग्राहकले किस्ताबन्दीमा फोन किन्न बैङ्कमा खाता खोल्नुपर्ने र १२ प्रतिशत ब्याज तिर्नुपर्ने आचार्यले बताए । किस्ताबन्दीको अवधि १ बर्षको रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, मकवानपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, मोबाइल एसोसिएसन मकवानपुर महासचिव राजकुमार दाहाल लगायतको उपस्थिती रहेको थियो ।

















