
हेटौँडा/आफुलाई मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौंरले अभद्र व्यवहार गरेको भन्दै हेटौंडा उपमहानगर वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले आपत्ति जनाएका छन् । बुधबार साँझ केहि व्यवसायीहरुलाई निषेधाज्ञाको समयमा व्यवसाय खोलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको थियो ।
व्यवसायीलाई जबरजस्ती धरपकड गरी प्रहरीले नियन्त्रणमा लिए पछि वडा अध्यक्ष बानियाँले एसपी राठौंरलाई एक पटकलाई माफी दिई छाडिदिन आग्रह गर्दा राठौंरले वडाध्यक्ष बानियाँमाथी अभद्र व्यवहार देखाएको वडा अध्यक्ष बानियाँले बताएका छन् । उनले व्यवसायीलाई माफी गर्न लगाई छाड्न आग्रह गरेपछि राठौंरले बानियाँलाई भोटको राजनिति गर्न जिल्ला प्रहरी कार्यालय आएको भन्दै गृह मन्त्री चिनेको छ भन्दैमा पहुँच नदेखाउन आरोप लगाए । आफुले अनुरोध मात्र गर्दा गृहमन्त्रीको कुरा निकालेर आफुपनि सुशिल कोइराला प्रधानमन्त्री हुदाँ उहाँको पिएसओ भएको भन्दै राठौंरले प्रहरी कार्यालय आफै आएर चलाउन् भन्दै धम्कीपूर्ण भाव व्यक्त गरेको बानियाँले बताए ।
नागरिकको अगाडी जनप्रतिनिधिलाई यसरी अभद्र व्यवहार देखाएर प्रहरी मेरो साथी भन्ने नारालाई कुल्चिएर दम्भ देखाई आफुलाई त यस्तो व्यवहार गरे भने आम नागरिकलाई कस्तो व्यवहार गर्लान त बानियाँले बताए । आफुलाई एसपी राठौंरले अभद्र व्यवहार देखाएपछि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि उहाँले प्रहरीको कुरा प्रहरीसँगै गर्नुहोस् भन्दै पन्छिए ।
यता पछिल्लो समय मकवानपुरमा निषेधाज्ञाको नाममा दैनिक जसो प्रहरीले व्यवसायी नियन्त्रणमा लिएर दुख दिई जरिवाना लिदैं छाड्दै गरेको छ । मुख्यमन्त्री, मन्त्री लगायतको हुलका हुल जम्मा गरेर विभिन्न खाले कार्यक्रमहरु गरि रहेको अवस्थामा सामान्य
व्यवसायहरुलाई पसल खोलेको आरोपमा धरपकड गरी दुख दिनु कत्तिको जायज हो ? कोरोना बढेको निउँमा व्यवसायीलाई मात्र यस्तो व्यवहार गरिनु खेद रहेको वडा अध्यक्ष बानियाँले बताए । प्रहरी संगठन र बर्दीप्रति आफ्नो उच्च सम्मान रहेको बताउदैं बानियाँले नागरिक र प्रहरी अधिकृतहरुलाई राखी आफु माथी देखाएको व्यवहारले प्रहरी अधिकृतहरुकै मनोबल घट्ने बताए ।
यता एसपी राठौंरले सिधाखबर सँग कुरा गर्दै भने प्रहरी माथी हातपात गर्न खोज्ने केहि व्यवसायीलाई नियन्त्रणमा लिइ कारवाही गर्न खोज्दा वडाअध्यक्ष बानियाँले माफी दिइ छाड्न आग्रह गर्दा आफुले नमानेको कारण उहाँले चित्त दुखाउनुभयो मैले उहाँलाई कुनै अभद्र नगरेको दाबी गरे । आफु मकवानपुरको शान्ति सुरक्षाको लागि दिनरात खटिरहेको कोही व्यक्तीसँग पूर्वाग्रह नरहेको उनले बताए ।सिधाखबर डटकमबाट साभार
