ट्राफिक प्रहरीलाई घूस दिन खोज्ने मकवानपुरका स्यान्तान पक्राउ

टुडे संवादाता
२०७८ श्रावण २९, शुक्रबार १२:१६ गते

हेटौंडा /ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुरका सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ४० वर्षियको कप्तान स्यान्तान रहेका छन् ।
गएराति काठमाडौंको कलंकी चोकस्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी हवलदार नकुल गिरीलाई घूस दिन खोज्ने मिनी ट्रक चालक स्यान्तान पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

साथमा कागजपत्र नभएको ना ३ ख ९८४३ नम्बरको मिनी ट्रकलाई कारबाही गर्न खोज्दा चालक स्यान्तानले ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*