
हेटौंडा /नेपाल शिक्षक महासंघको शान्तिपुर्ण धर्नामा हस्तक्षेप गर्दै प्रहरीले काठमाडौंबाट मकवानपुरका पाँच जना शिक्षकहरुलाई पक्राउ गरेको छ । महासंघको संघिय कार्यसमितिको आयोजनामा प्रधानमन्त्री कार्यालय वालुवाटारमा भएकाे शान्तिपूर्ण धर्नामा सहभागी मकवानपुरका शिक्षकहरु पक्राउ परेका नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकरीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम, नेपाल शिक्षक सङ्घ मकवानपुर उपाध्यक्ष गणेशप्रसाद हुमागाइ, अण्टुका बरिस्ठ उपाध्यक्ष राजुघिमिरे, नेपाल शिक्षक संघ हेटौंडा नगर समिति अध्यक्ष ज्ञानेन्द्र बर्तौला, नगर सदस्य लाेक जिम्बा रहेका छन् ।पक्राउ परेकाहरुला महानगरीय प्रहरी बृत कमलपाेखरिमा राखियकाे अधिकारीले जानकारी दिए ।
धर्नामा बसेका केन्द्रीय समितिका अन्य केहिलाई पनि पक्राउ गरिएको अधिकारीले बताए । यसैबीच नेपाल शिक्षक महासङ्घ आन्दाेलन परिचालन समिति मकवानपुरले पक्राउ परेका सम्पूर्ण शिक्षक नेताहरूको तत्काल रिहाइको माग गर्दै प्रहरी दमनप्रति घाेर भर्त्सना गरेको छ ।

