पर्सामा पेस्तोलसहित तीनजना पक्राउ

हेटौडा टुडे
२९ श्रावण २०७८, शुक्रबार १३:२१

काठमाडौं/ पर्साको वीरगंज महानगरपालिका–१५ ब्रह्मचोकबाट एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका–१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका–७ ठेगाना भएका ४० वर्षीय विजयकुमार पटेल रहेका छन् ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*