हेटौँडा/मकवानपुरमा शुक्रबार (आज) थप ५० जनामा कोरोना भाइस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १ सय १४ जनाको कोरोना जाँच गर्दा ५० जनामा कोरोना पोजेटिभ देखिएको हो।
बिहिबारको तथ्याङ्क अनुसार ९४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४२ जना र एन्टिजेन बिधिबाट २० जनाको कोरोना जाँच गर्दा ८ जना गरी ५० जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर ४३ प्रतिशत रहेको छ।आज सबैभन्दा धेरै हेटौंडाका ३९ जनामा कोरोना पुष्टि भएको हो।
सेयर गर्नुहोस्






















