
हेटौंडा/ हेल्प डेस्क नेपाल र ठुलोदमार प्रहरी चौकीको समन्वयमा हेटौंडा —१८ हर्नामाडीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार हेल्प डस्क नेपालका प्रतिनिधि र ठुलोदमार प्रहरी चौकीका प्रहरीको समन्यवमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गर्दै सामान्य काउन्सिलिङ गर्दै पठाएका थिए । विशेष गरि, सवारी साधन चलाउँदा मास्क नलगाउनेहरुलाई फोकस गरिएको थियो ।
मास्क दिएर मास्क र कोभिड सम्बन्धि सामान्य जनचेतना दिने कार्यक्रम गरेको हेल्प डेस्क नेपालका कोषाध्यक्ष रोयल बानियाँले जानकारी दिए ।
चिकित्सकहरुले कोरोनाको तेस्रो भेरियन्टको खतरापुर्ण हुन्छ भन्दै सचेत गराँउदै आए पनि अझै नागरिकहरु सचेत हुन नसकेका कारणले जनचेतनामुलक कार्यक्रम अघि बढाएको बानियाँले बताए । मास्क र कोभिड सम्बन्धी सामान्य जानकारीले पनि यस रोगबाट बच्न सकिने बताए ।
कार्यक्रममा चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक सुनिल साह र प्रहरी हवल्दार खुम खत्रिको सहभागीता रहेको थियो ।
केहि महिना अघि स्थापना भएको हेल्प डेस्क नेपालले विगत केहि महिनादेखि विभिन्न सामाजिकमुलक कार्य गर्दै आइरहको छ ।
