शनिबार सम्पन्न दौड प्रतियोगितामा हेटौंडाका महेश मोक्तान प्रथम

हेटौंडा टुडे
३० श्रावण २०७८, शनिबार ११:३०

हेटौंडा/अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार आज दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा दौड ५ किलोमिटर पुरुष खुल्ला प्रतियोगिता सम्पन्न भएको हो । पुरुष खुल्ला दौड प्रतियोगितामा हेटौंडाका महेश मोक्तान प्रथम भएका छन् ।

दौड प्रतियोगितामा ४० जनाले सहभागि रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले जानकारी दिए ।हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेसम्म पुगि पुन बुद्धचोक मै समापन भएको थियो ।

प्रतियोगितामा हेटौंडा १३ वनस्पतिका महेश मोक्तानले १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरि प्रथम भएका थिए । त्यस्तै दोस्रो हुनेमा प्रदेश प्रहरी कार्यालयका सुरेश साह रहेका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरि तृतिय भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*