हेटौँडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित ज्यामिरे खोलामा नवनिर्मित पक्की पुलको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पक्की पुलको उद्घाटन गरेका हुन् ।
संघ,प्रदेश र स्थानिय तहको समन्वयमा निर्माण गरिएको पुलको करिब ३ करोड ११ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनिले बताउनु भयो ।
पुलले त्यस स्थानमा बसोबास गर्नेहरुको जनजिवन उकास्न निकै ठुलो भुमिका खेल्ने विश्वास गरिएको छ । स्थानिय बजार प्रबद्र्धन र सामुदायिक विकास,यातायातको विकास जस्ता कामको लागि यस पुलको महत्वपुर्ण भुमिका रहेको गाउँपालिका अध्यक्ष विदुर हुमागाइले बताउनु भयो ।
त्यस्तै मुख्य मन्त्री पौडेलले गाउँपालिकाको विकासको लागि सधै तत्पर रहेको बताउनुभएको छ । भालुखोला पुल निर्माणमा पनि प्रदेशबाट उल्लेखनिय योगदान रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, स्थानीय जनप्रतिनिधि, लगाएतकाको उपस्थिति रहेको थियो ।