हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ नियाले भञ्ज्याङ नजिक जंगलमा शव भेटिएको छ । मकवानपुरगढी १ र बकैया ११ को सिमनामा उनको शव भेटिएको हो ।
मकवानपुरगढी वडा नम्बर १ जरायोटार बस्ने अन्दाजी २८ वर्षका मान बहादुर लुङ्बाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए । जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका सहित प्रहरी टोली घटना स्थल जादैं गरेको र थप अनुसन्धान पछि घटनाको विवरण आउने रिमालले बताए । मृतक लुङ्बा केहि दिन देखी घरबाट हराइरहेको र परिवारहरुले खोजी गरिएको स्थानीयले जनाएका छन्
सेयर गर्नुहोस्






















